8 years ago
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ ।
निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज प्रिन्स बाहेक आर्मीका नवयुग श्रेष्ठ , दीपक गुरुङ , दीप लामा र विवेक बस्नेतले गोल गरे । त्यस्तै धरानका कप्तान विष्णु सुनार , निशान लिम्बु , बुद्धीमान राई , रोमन लिम्बु र सुरज बिकले गोल गरे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]