default_image

8 years ago

January 30, 2018

रुस्लान थ्री स्टारका प्रशिक्षक केसीको व्यवस्थापन पक्षसँग गुनासो

126 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नै क्लब व्यवस्थापन प्रति गुनासो गरेका छन् । उनको क्लब प्रतिको गुनासो विदेशी खेलाडी खेलाउन नपाउने सुचना समयमा नदिएको भन्नेमा थियो ।

सहारा क्लबको आयोजनामा पोखरामा जारी १६ औं आहा रारा कप अन्तर्गत सोमबार एपिएफसँगको क्वार्टरफाइनलमा वर्कपरमिटको म्याद सकिएका कारण विदेशी खेलाडी खेलाउन पाएन । अजयी मार्टिन, लावोल ओइलेकान र पिटर सेगन हाल थ्री स्टारको टोलीमा रहेका विदेशी खेलाडी हुन् । मार्टिन इटहरी गोल्डकपका उत्कृष्ट स्ट्राइकर हुन् ।

प्रशिक्षक केसीले केहि दिनअघि बाटै क्लबले एटेन्डमार्फत वर्कपरमिटका लागि प्रक्रिया अघि बढाएपनि सोमबारसम्म प्रक्रिया पुरा नभएको खेलपछि पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हाम्रो अध्यक्ष ज्यू आज पनि काठमाडौंमा वर्कपरमिटको लागि प्रयास गर्दै हुनुहुन्थ्यो, तर त्यहाँको हाकिमको मिटिङ परेर हुन सकेनन् भन्ने जानकारी पाए’, उनले भने, ‘तर त्यहि कुरा पनि मैले अन्तिम समयमा पाए । त्यसले हामीले टिमको बारेमा अरु तयारी गर्न पाएनौं । त्यसमा टोलीको कमजोरी रह्यो ।’

दुई विदेशी खेलाडीको साथमा थ्री स्टारले शनिबार मात्र इटहरीमा मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जितेको थियो । झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केर दुई प्रतियोगितामा भाग लिदा थ्री स्टारले जितेको त्यो पहिलो उपाधि थियो । इटहरीबाट थ्री स्टार सोझै पोखरा पुगेर आज एपिएफविरुद्ध उत्रेको थियो । जहाँ टोली टाइब्रेकरमा विजयी हुँदै आहा राराको सेमिफाइनलमा पुगेको छ ।

हेर्नुहोस दुवै प्रशिक्षकको खेलपछिको भनाइ

थ्री स्टार प्रशिक्षक मेघराज केसी

एपिएफ प्रशिक्षक रत्न काजी महर्जन

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.