default_image

8 years ago

January 31, 2018

फराकिलो जितसंगै थ्री स्टार आहाको फाइनलमा , विश्वासको ह्याट्रिक

155 views

0 Bookmark

दिपेन्द्र पोखरेल 

पोखरा – बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० ले पराजित गर्दै रुस्लान थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । एकतर्फी खेलमा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

पहिलो खेलमा रातो कार्ड पाएका दुई विदेशी खेलाडी गुमाएको वारिधारा खेलको सुरुआतबाट थ्री स्टारको दबाबमा रह्यो । खेलमा नियन्त्रण राखेपनि थ्री स्टारले पहिलो गोल गर्न ४१ औं मिनेट सम्म कुर्नु पर्यो । विष्णु गुरुङको गोलमा अग्रता लिएको थ्री स्टारले निरजान खड्काको ४५ औं मिनेटको गोलमा अग्रता दोब्बर गर्यो । दोस्रो हाफ सकिनु अघि विश्वासले गोल गर्दै थ्री स्टारलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा ६० औं मिनेटमा निराजन खड्काको करिब २० यार्डबाटको प्रहार क्रसबारमा लागेर फर्कियो । तर विश्वासले ६६ औं मिनेटमा थ्री स्टारका लागि अर्को गोल गरे । खेलको ७५ औं मिनेटमा थ्री स्टारको पाँचौं गोल गर्दै विश्वासले आफ्नो ह्याट्रिक पुरा गरे ।

गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी स्मृती गोल्ड कपको फाइनलमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो ।

थ्री स्टारले फाइनलमा यो शनिबार नेपाल पुलिस क्लब र धरान फुटबल कल्बवीचको विजेताको सामना गर्नेछ । पुलिस र धरानवीचको दोस्रो सेमिफाइनल बिहिबार हुनेछ ।

प्रतियोगिताको सबै नतिजा र तालिका हेर्नुहोस  

           

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.