default_image

6 years ago

February 1, 2018

पुलिस आहा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भिड्ने

दिपेन्द्र पोखरेल पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ । पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री […]

23 views

0 Bookmark

दिपेन्द्र पोखरेल

पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ ।

पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री सुदीस पाण्डेको निर्णयमा असन्तुष्ट धरानका कप्तान बिष्णु सुनार आक्रोशित देखिएपछि खेल केही बेर रोकिएको थियो ।

सुमन लामाको गोलको भिडियो हेर्नुहोस 

खेलको ८२ औं मिनेटमा धरानका बर्तमान राईले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए । २०५८ सालको काराभान कपयता यो पुलिसको नवौं फाइनल हुने छ । पछिल्ला ८ फाइनलमध्ये पुलिसले ५ मा जित हासिल गरेको छ । त्यस्तै घरेलु प्रतियोगितामा धरानको भने यो पहिलो सेमिफाइनल थियो । थ्री स्टार भने बुधबार बंगलादेशी क्लब उत्तर बरिधारालाई ५-० ले हराउँदै फाइनल पुगेको हो ।

प्रतियोगिताको सबै नतिजा र तालिका हेर्नुहोस  

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.