default_image

8 years ago

March 4, 2018

पुलिस झापा गोल्डकपको क्वार्टरफाइनलमा

142 views

0 Bookmark

सबिन शेर्मा
झापा – नेपाल पुलिस क्लब तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार अग्नी रुपन्देही ११ लाई १–० ले हराउँदै पुलिस अन्तिम आठमा पुगेको छ ।

नेपाल पुलिस क्लब

रजिन सुब्बाले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । पुलिसका सुमन लामा खेलको म्यान अफ दी घोषित भएका थिए । सुमनले २५ हजार रुपैयाँ प्राप्त गरे । अब पुलिसले क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

पुलिस र आर्मी दुई विभागिय टोलीले यो वर्ष ८ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेका छन् । आर्मीले सबैभन्दा बढी ६ उपाधि जित्दा पुलिसले २ उपाधि जितेको छ । पुलिससँगै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रुस्लान थ्री स्टार क्लबले पनि समान २ वटा उपाधि जितेका छन् ।

राखेप च्याम्पियनसिपको फुटबलमा स्वर्ण जितेको पुलिसले यसपटक आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगिताको पहिलो दिन शनिबार आयोजक झापा ११ विजयी भएको थियो ।

झापा गोल्डकप आयोजक समितिले सञ्चालन गरेको प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो मोसफलको नकआउट फुटबल प्रतियोगिताको सर्वाधिक पुरस्कार राशी हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.