8 years ago
March 5, 2018
बिर्तामोड (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लबले एपीएफलाई १-० ले हराउँदै तीन दिन अघि चितवनमा भएको विशाल रनिङ शिल्डको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्री स्टारका अजायी मार्टिन्सको गोल निर्णायक सावित भयो ।

मार्टिन्सले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । एपीएफका गोलकिपर अमृत कुमार चौधरी लडेको समयमा भलि गर्दै गोललाई पोष्टको जाली चुमाए । सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए । यस जितसँगै थ्रीस्टार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
पहिलो हाफको पाँचौ मिनेटमा थ्री स्टारका सुनील बलको कढा प्रहार एपीएफका गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फ्याँकेका थिए ।२४ औं मिनेटमा हरि कार्कीले गरेको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गोललाइनबाट बचाए । ४१ औं मिनेटमा थ्री स्टारका स्ट्राइकर बुद्ध चेम्जोङको कढा प्रहार गोल हुन सकेन ।
५८ औं मिनेटमा मार्टिनको प्रहार गोलकिपर चौधरीले पञ्च गरेर फर्काए । खेलको ६४ औं मिनेटमा मार्टिनको कढा प्रहार एपीएफका पोष्ट बार र गोलकिपर चौधरीलाई टच हुदै बाहिरियो । ७४ औ मिनेटमा एपीएफका रमेश दंगालको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ७५ औं मिनेटमा कप्तान निराजन खड्काले एकल प्रयासमा गरेको प्रहारले जाली नचुम्दा गोल अन्तर बढाउने अवसरबाट थ्री स्टार बञ्चित भएको थियो । खेलको ७८ औं मिनेटमा मार्टिनको शसक्त प्रहार एपीएफका गोलकिपर चौधरीले फर्काइदिए ।
८५ औं मिनेटमा एपीएफका रोशन लामाले डि एरियाबाट गरेको कढा प्रहार बाहिरिएको थियो । खेलको इन्ज्युरी समयमा एपीएफका सुदिप शिखाकारले गरेको हेड बाहिरिएपछि थ्री स्टारले एपिएफसँग बिकास रनिङ शिल्डमा ब्यहोरोको हारको बदला लिएको थियो ।
खेलको म्यान अफ द म्याच थ्री स्टारका अजय मार्टिन घाषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार प्राप्त गरे ।
मंगलबार मनाङ मस्र्याङदी क्लब र सहारा क्लब पोखराबीच खेल हुनेछ । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले निरन्तर खेल खेल्नु परेका कारण खेलाडीले आराम नपाउँदा पराजय व्यहोर्नु परेको बताए । दुई दिनअघि मात्र चितवनमा खेलेर झापा आएको बताउँदै उनले मैदानका बारेमा जानकारी नभएकाले पनि खेल्न सहज नभएको बताए ।
त्यस्तै, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचेअनुसारको परिणाम निस्कन नसकेको बताए । उनले खेल ६०−४० को अवस्थामा हुँदा समेत एउटामात्र गोल हुन सकेको बताए । एकमात्र गोल हुँदा प्रतिस्पर्धा जस्तो देखिएको उनको भनाइ थियो । उनले काठमाडौँ बाहिर भएको प्रतियोगितामध्ये झापा गोल्डकप सबै पक्षमा उत्कृष्ट रहेको प्रतिक्रियासमेत दिएका छन् । गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]