default_image

8 years ago

March 6, 2018

आफ्नो घरेलु मैदानमा पिएसजीको नतिजा उल्टाउने आशा

120 views

0 Bookmark

पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित हांसिल गरेको थियो ।

पिएसजी आज आफ्ना स्टार फरवार्ड नेयमार बिनै मैदानमा उत्रिन बाध्य हुने छ । अघिल्लो हप्ता मार्से विरुद्धको खेलमा नेयमारको खुट्टामा चोट लागेको थियो । नेयमारको स्थान आज अर्जेन्टिनी वेंगर एन्जल डि मारियाले लिने छन् । उनले एडिन्सन काभानी र किलियन बाप्पेलाई अग्रपंक्तिमा सघाउने अपेक्षा गरिएको छ ।

अर्को तर्फ घरेलु लिगमा रियल म्याड्रिड केहि लयमा देखिएको छ । सिजनको खराब सुरुवातपछि रियलले लय समात्न सफल भएको छ । घरेलु लिगको अघिल्लो खेलमा गेटाफेलाई ३-१ ले हराउँदा रियलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रियलका समर्थकहरुले पिएसजीको घरेलु मैदानमा पनि रोनाल्डोबाट यस्तै प्रदर्शनको अपेक्षा गरिरहेका छन् । उनलाई अग्रपंक्तिमा ग्यारेथ बेल र करिम बेन्जेमाले साथ दिने सम्भावना रहेको छ ।

रियलले पहिलो लेग ३-१ ले जितेको थियो जसमा पिएसजीले एक महत्त्वपूर्ण अवे गोल हात पारेको थियो । यद्दपी पिएसजीले आज २-० को जित गर्ता गर्न सक्यो भने पिएसजी नै क्वाटरफाइनलमा पुग्ने छ । यी दुई बीचको पछिल्लो ६ खेलमा रियलको ४ जित रहेको छ भने पिएसजीको १ जित रहेको छ । आजको खेल राती साढे १ बजे सुरु हुने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.