8 years ago
March 7, 2018
पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो ।
पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको ५१ औं मिनेटमा लुकास भाजक्वेजको पासमा रियलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
६६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा एउटा पहेंलो कार्ड पाएका मार्को भेराइटीले दोस्रो हाफमा अर्को कार्ड पाउँदै मैदान छोडेका थिए । ७१ औं मिनेटमा घरेलु टोलीले एक गोल फर्काउन सफल भएको थियो । थियागो सिल्भाको हेडर एडिन्सन काभानीलाई लागेर बलले पोस्टको दिशा लिएको थियो ।
त्यसै गरी खेलको ८० औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि रियलले आफ्नो जित सुनिश्चित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]