default_image

8 years ago

March 7, 2018

च्याम्पियन्स लिगमा रोनाल्डोले गरे कीर्तिमान बराबरी

108 views

0 Bookmark

पेरिस (एजेन्सी)– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हराउँदा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरेको थिए । त्यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन् ।

पिएसजीकोविरुद्धको पहिलो लेगमा २ गोल गरेका रोनाल्डोले गए राती खेलको दोस्रो हाफमा हेडमार्फत टोलीका लागि पहिलो गोल गरेका थिए । २–१ को जित र समग्रमा ५–२ को अग्रतासहित साविक विजेता समेत रहेको रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।

नेदरल्यान्ड्सका पूर्व स्टार निस्टरोयले युनाइटेडमा १५ वर्ष विताउने क्रममा च्याम्पियन्स लिगका लगातार ९ खेलमा गोल गरेका थिए ।च्याम्पियन्स लिगको पछिल्लो सिजनको फाइनलमा युभेन्ट्सविरुद्ध २ गोल गरेका रोनाल्डोले पनि लगातार नौं खेलमा गोल गरेका छन् ।

यो सिजनको समूह चरणमा तीन खेलमा सबै टोलीविरुद्ध उनले २ गोल गरेका थिए । पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डो पछिल्लो केहि साता देखि उच्च फर्मका रहेका छन् । यद्दपी, सिजनको सुरुआत भने उनको प्रदर्शन कमजोर रहेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.