default_image

8 years ago

March 8, 2018

म्यानचेस्टर सिटी र युभेन्टस क्वाटरफाइनलमा, टोटनह्याम बाहिरियो

105 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले इंग्लिस टोली टोटनह्यामलाई २-१ ले पराजित गर्दै एग्रिगेटमा ४-३ को जित हासिंल गरेको छ ।

टोटनह्यामका लागि सन हिउङ मिनले खेलको ३९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा पाहुना टोलीका गोन्जालो हिग्वाइन र पाउलो डिबालाले गोल गर्दै जित सुनिश्चित गरेका हुन् । पहिलो लेगमा युभेन्टस २-२ को बराबरीमा रोकिएको थियो । यस जितसँगै युभेन्टसले आफ्नो क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको छ ।

त्यसै गरी म्यानचेस्टर सिटी बासेलसँग आफ्नै घरेलु मैदानमा २-१ ले पराजित भए पनि पहिलो लेगमा ४-० को जित दर्ता गरेकोले समग्रमा ५-२ ले विजयी रह्यो । सिटीका लागि चोटबाट फर्केका फरवार्ड ग्याब्रियल जेससले खेलको आठौं मिनेटमा टोलीलाई अग्रता दिलाए पनि बासेलले दुई गोल थप गर्दै सान्तवना जित दर्ता गर्‍यो ।

म्यानचेस्टर सिटी र युभेन्टस क्वाटरफाइनल पुग्ने तेस्रो र चौथो टोली भएका छन् । यस अघि साविक विजेता रियल म्याड्रिड र अर्को इंग्लिस टोली लिभरपुलले पनि अन्तिम ८ मा आफ्नो स्थान बनाई सकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.