8 years ago
April 6, 2018
म्युनिख (एजेन्सी)– जर्मन गोलकिपर मानुयल नुयोरका लागि यो सिजन दुःखत रह्यो । राष्ट्रिय टोली र बायर्न म्युनिखका लागि प्रदर्शन गर्ने अनुमती चोटले उनलाई दिएन । तर, सिजनको अन्त्यतिर आइपुग्दा उनी विश्व कपका लागि फर्कने संकेत भने देखिएको छ ।

बायर्न र जर्मनीका समर्थकले चोटमुक्त भएर फर्कने उनलाई यो सिजनभरी पर्खिनै रहे । समर्थकको चाहना ढिलै भएपनि पुरा भएको छ, ३२ वर्षे उनी अभ्यासमा फर्केको तस्बिर जर्मन च्याम्पियन क्लबले सार्वजनिक गरेको छ । उनी गोलकिपरको पन्जासहित अभ्यासमा सामेल भएका छन् ।
झन्डै छ महिनामा उनी अभ्यासमा फर्केका छन् । सेप्टेम्बरको मध्ययता उनी क्लब र राष्ट्रिय टोलीमा खेल्न सकेका थिएनन् । सेप्टेम्बरमा मानिजलाई बायर्नले ४–० ले हराउँदा पुरा समय पोष्ट सम्हालेको नुयोर त्यसयता मैदान बाहिर छन् । पछिल्लो अप्रिलमा उनको बायाँ खुट्टा भाचिएको थियो ।
पछि अभ्यासका दौरान उनको त्यहि खुटामा पुनः चोट लाग्यो । पछि उनले शल्यक्रिया नै गराउनु परेको थियो । सुरुवातमा उनी जनवरी सम्म मैदान बाहिर रहनु पर्ने अनुमान गरेपनि, चोट मुक्त हुन त्यो भन्दा लामो समय पर्खनु परेको थियो । तर विस्तारै भएपनि उनी पूर्ण रुपमा फिट भएर फर्कने क्रममा छन् ।
बुन्डेसलिगामा अब अन्तिम चरणमा पुगेको छ । जर्मनका नम्बर १ गोलकिपर रसियामा दुई महिना भन्दा केहि पछि सुरु हुने विश्व कपका लागि भने पूर्ण रुपमा फिट हुने अपेक्षा गरिएको छ । उनको कप्तानीमा जर्मनीले विश्व कपको उपाधि रक्षा गर्ने अपेक्षा गरिएको छ । उनको अनुपस्थितिमा स्भेन उल्रिचले क्लबको पोष्ट सम्हालेका थिए ।
बार्यन लागातार छैटौं वर्ष बुन्डेलिगा च्याम्पियन बन्ने क्रममा रहेको छ । अन्तिम ६ खेलमा एउटा खेल जितेपछि बार्यन च्याम्पियन बन्नेछ । यो सिजन टोलीले च्याम्पियन्स लिगको सेमिफाइनलका लागि पनि सम्भावना बलियो बनाएको छ । सेभिल्ला विरुद्धको पहिलो लेग अवे खेलमा टोलीले २–१ को जित दर्ता गराइसकेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]