default_image

8 years ago

April 6, 2018

च्याम्पियन्स लिगमा यो सिजन सर्वाधिक गोल गर्ने टोली

108 views

0 Bookmark

किभ (एजेन्सी)– युरोपियन क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटर फाइनल पुग्ने सबै ८ टोलीले प्रतियोगितामा यो सिजन ९ खेल खेलिसकेका छन् । क्वार्टरफाइनलका पनि पहिलो लेग सम्पन्न भइसकेका छन् । यो सिजन क्वार्टरफाइनल पहिलो लेगको समाप्ती सम्ममा ३ सय ६७ गोल भएका छन् । 

champions league

यो सिजन व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो सबैभन्दा माथि छन् । त्यस्तै सबैभन्दा असिस्ट गर्ने खेलाडीमा लिभरपुलका जेम्स मिल्नर छन् । रोनाल्डोले १४ गोल गरेका छन् भने मिल्नरले ८ गोलमा असिस्ट गरेका छन् ।

तर, सर्वाधिक गोल गर्ने क्लब रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना लगायातका युरोपका बलियो क्लब कुनै पनि शीर्षस्थानमा छैनन् । यो सिजनमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्नेमा इङ्लिस क्लब लिभरपुल रहेको छ । लिभरपुलले ९ खेलमा ३१ गोल गरेको छ । लिभरपुलका रोबर्टो फर्मिनो, साडियो माने र मोहम्मद सालाहले समान ७ गोल गरेका छन्। २७ गोलसहित पेरिस सेन्ट जर्मेन (पिएसजी ) दोस्रो स्थानमा छ ।

अन्तिम १६ को खेलमा रियल म्याड्रिडसँग पराजित हुँदै बाहिरिएको पिएसजीले ८ खेलमा २७ गोल गरेको थियो । धेरै गोल गर्नेमा क्लबमा रियल तेस्रो स्थानमा छ । रियलले ९ खेलमा २५ गोल गर्दा क्रिस्टियानो एक्लैले १४ गोल गरेका छन् । बायर्नले २३ गोल गरेको छ । त्यस्तै म्यानचेस्टर सिटीले १९ गोल गरेको छ । क्वार्टरफाइनलको पहिलो खेलमा रोमाविरुद्ध उच्च प्रदर्शन गरेको बार्सिलोनाले ९ खेलमा १७ गोल गरेको छ ।

         क्लब                     गोल

१. लिभरपुल –                 ३१

२. पिएसजी –                  २७

३. रियल म्याड्रिड –         २५

४. बायर्न म्युनिख –        २३

५. म्यानचेस्टर सिटी –  १९

६. टोटेनह्याम –            १८

७. चेल्सी –                     १७

८. बार्सिलोना –              १७

९. पोर्टो –                      १५

१०. सेभिल्ला –             १५

त्यस्तै रोमाले १२ गोल गरेको छ भने युभेन्टसले ११ गोल गरेको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.