8 years ago
April 7, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतका दुई म्यानचेस्टर क्लब, युनाइटेड र सिटी आज भिड्दै छन्। घरेलु मैदानमा हुने खेलमा सिटीलाई प्रिमियर लिगको २६ वर्षीय इतिहासमा नँया किर्तिमान बनाउने अवसर मिलेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित गरेमा सिटीले ६ खेल अघि लिगको उपाधि जित्नेछ, जुन आफैमा किर्तिमान हो।
च्याम्पियन्स लिगको क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा ३-० ले पछि परेको सिटी यसअघिको खेलहरुमा भने राम्रो लयमा थियो। ३१ खेलमा ८४ अंक रहेको सिटीको शिर्षस्थानमा राम्रो पकड छ। त्यस्तै युनाइटेडको भने दोस्रो स्थानमा ३१ खेलमा ६८ अंक छ। तेस्रो स्थानको लिभरपुलको ३२ खेलमा ६६ अंक छ।
सिटीले ३ दिन पछि पुन: दोस्रो लेगमा लिभरपुलको सामना गर्नुपर्ने भएकाले प्रशिक्षक पेप ग्वार्डिओलालाई यस खेलमा खेलाडी छनोट गर्न भने समस्या हुनेछ।
म्यानचेस्टर युनाइटेड भने प्रिमियर लिग अन्तर्गत सिटीको घरेलु मैदानमा भएको अघिल्लो दुई खेलमा अपराजित छ। दुई टोलीबीच भएको ४१ खेलमा ८ बराबरी भएको छ भने सिटीले १३ तथा युनाइटेडले २० खेलमा जित हात पारेको छ।
खेल नेपाली समय अनुसार रातीको १०:१५ मा सुरु हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]