8 years ago
April 7, 2018
म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो ।
बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल गर्ने पहिलो खेलाडी बने । यो सिजन मात्र च्याम्पियन्स लिगका ९ खेलमा १४ गोल गरिसकेका छन् । युभेन्ट्सविरुद्धको त्यो प्रदर्शनले उनी च्याम्पियन्स लिगको प्लेयर अफ दी विकका लागि हकदार रहेको धेरैको बुझाई थियो । तर, त्यो प्रदर्शन मात्र पर्याप्त नहुने यो पटकको छनोटले देखाएको छ ।
च्याम्पियन्स लिग क्वार्टरफाइनल लेगका ४ खेलको समाप्ती पछि युइएफलेले प्ले अफ दी विक घोषणा गरेको छ । जसले धेरै फुटबल प्रेमीलाई आश्चार्यमा पारेको पनि हुनसक्दछ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध उच्च प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सालाहले यो पटक च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी चुनिएका छन् ।
सालाह भन्दा रोनाल्डोको प्रदर्शन बढी महत्वपूर्ण मान्नेहरु पनि छन् । रोनाल्डोको त्यो प्रदर्शन अवे खेलेमा थियो भने सालाहले घरेलु मैदानमा खेलेका थिए । रोनाल्डोले २ गोल गर्दै अर्कोमा असिस्ट गरे । टोलीका लागि उनले गरेको दोस्रो बाइसाइकल किक गोल साताभर चर्चामा रह्यो । तर, रोनाल्डो साताको उत्कृष्ट खेलाडी घोषित नहुदा उनका समर्थक उनीमाथि अन्याय भएको ठान्दछन् ।
सालाहले पनि सिटिविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट गरेका थिए । तर मतका आधारमा तय हुने प्लेयर अफ दी विकेमा सालाहले रोनाल्डोलाई निकै पछि पारेका छन् । उनले ५७ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोको भागमा ३५ प्रतिशत मात्र मत परेको छ । बायर्न म्युनिखका हामेस रोड्रिगेजले ५ र बार्सिलोनाका जेरार्ड पिकेले ४ प्रतिशत मत पाएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]