8 years ago
April 7, 2018
लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेपछि प्रिमियर लिगको पहिलो खेलमा शनिबार लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । साताको मध्यमा प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीलाई ३–० ले हराएको लिभरपुलले आजको पाँच खेलाडी परिवर्तन गरेको थियो ।
प्रशिक्षक योर्गन क्लोपले टोलीका उच्च गोलकर्ता मोहम्मद सालाहलाई लिएर जोखिम उठाउन चाहेनन् । सिटीसँगको खेलका दौरान घाइते भएपछि उनले पुरा खेल खेल्न सकेनन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका भने लिभरपुलले गुमाएको छ ।
बराबरी पछि टोली तेस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडबीच आजै खेल हुँदैछ । ४१ अंकसहित एभर्टन नवौं स्थानमा छ । सिटीको ८४, युनाइटेड ६८ र लिभरपुलको ६७ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]