default_image

8 years ago

April 8, 2018

बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

125 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि सबै गोल अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गरे। बार्सिलोनाको प्रशिक्षकको रुपमा अर्नेस्टे भाल्भर्देको यो ५० औं खेल थियो। 

messi hattrick

मेस्सीको २७ औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो भने ३२ मिनेटमा फिलिप कौटिन्होसँगको राम्रो तालमेलका कारण मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको भ्रमणकारी टोली लेगानेसका लागि ६८ औं मिनेटमा नबिल अल झारले गोल गरेपनि मेस्सीले फ्रि किक मार्फत ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ३ अंक सुनिश्चित गरे।

ला लिगामा ३१ खेल खेलेको बार्सिलोना यो सिजन अपराजित छ। २४ जित र ७ बराबरीसँगै बार्सिलोनाको शिर्षस्थानमा ७९ अंक छ।


हाइलाइट्स

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.