8 years ago
April 8, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ। प्रिमियर लिगको शिर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा हार बेहोरेसँगै उपाधि पक्का गर्न पर्खनु पर्ने भएको छ।
जितसँगै युनाइटेडले दोस्रो स्थानमा पकड बलियो बनाएको हो। युनाइटेडको दोस्रो स्थानमा ७१ अंक छ भने तेस्रो स्थानमा रहेको लिभरपुल र चौथो स्थानमा रहेको टोटेनह्याम हटस्परको समान ६७ अंक छ। लिभरपुलले मर्सिसाइड डर्बी अन्तर्गत एभर्टनको घरेलु मैदानमा १-१ को बराबरी खेलेको थियो भने स्पर्सले स्टोक सिटीको घरेलु मैदानमा २-१ को जित हासिल गरेको हो।
म्यानचेस्टर सिटीले पहिलो हाफमा २-० को अग्रता बनाएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन। भिन्सेन्ट कम्पनीले २५ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए भने इके गुण्डोगनले ३० औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए।
दोस्रो हाफमा युनाइटेडका पौल पोग्बाले ५३ र ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसपछि युनाइटेडका डिफेन्डर क्रिस स्मलिङले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल साबित भयो ।
हाइलाइट्स
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]