default_image

8 years ago

April 8, 2018

‘नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा मेस्सी जस्तै’ – पेले

111 views

0 Bookmark

ब्राजिल(एजेन्सी) – ब्राजिलियन फुटबल लेजेन्ड पेलेले नेयमारको खेल शैली मेस्सीसँग मिल्ने बताएका छन्। नेयमारलाई रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दुवै सँग तुनाला गरिन्छ। 

messi neymar

पेलेका अनुसार नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा धेरै मेस्सीको जस्तै छ। नेयमारलाई उनले मेस्सी जस्तै प्लेमकरको रुपमा हेरेका छन्। त्यस्तै लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्होको गोल गर्ने क्षमताले भने उनलाई रोनाल्डोको स्मरण गराउने बताए।

ईएसपिएन ब्राजिललाई उनले भने, ‘नेयमारलाई धेरैले रोनाल्डोसँग तुनाला गर्छन, तर मैले धेरै ठाउँमा भनेको छु, नेयमार मेस्सी जस्ता छन्, जसले गोल गर्नुका साथै अन्य खेलाडीलाई गोल गर्ने अवसर पनि सिर्जना गर्छन। रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन्, ब्राजिलका कौटिन्हो पनि रोनाल्डो जस्तै खेलाडी हुन्। ‘

नेयमार हाल चोटका कारण मैदान बाहिर रहेपनि विश्वकप अघि चोटमुक्त हुने बुझिएको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.