default_image

8 years ago

April 8, 2018

म्याड्रिड डर्बी बराबरीमा अन्त्य

100 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्। क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका लागि बराबरी गोल
गरे। 

real vs athletico

रियलले पहिलो हाफमा गोल गर्ने केहि प्रयास गरेपनि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले राम्रो बचाउ गर्दै एट्लेटिकोलाई खेलमा जीवित राखे। खेलको ४२ औं मिनेटमा मार्सेलोले गरेको प्रहार बारमा लागेर फर्किएपछि रियलले पहिलो हाफमा अग्रता लिन सकेन।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ५३ औं मिनेटमा रियललाई अग्रता दिलाए। बेलको पासमा भली मार्फत रोनाल्डोले गोल गरे। तर रियलले धेरै समय सम्म अग्रता जोगाउन सकेन। ५७ औं मिनेटमा ग्रिजमानले सहज गोल गर्दै एट्लेटिकोलाई बराबरी गोल दिलाए। भिटोलोको टचले नाभासलाई बिट गरेपछि फ्रेन्च फरवार्डले सहजै गोल गरेका थिए।

यो बराबरीसँगै एथ्लेटिकोले दोस्रो स्थानमा ४ अंकको अग्रता कायम राखेको छ। एट्लेटिकोको ६८ अंक छ भने ६४ अंकको साथमा रियल तेस्रो स्थानमा छ। १ खेल कम खेलेको भ्यालेन्सियाको ६२ अंक छ।

griezmann

गोलहरुको भिडियो

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.