default_image

8 years ago

April 9, 2018

‘रोमासँगको जितमा बार्सिलोनालाई रेफ्रीको साथ’

134 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् ।

Di fransesco

रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसको

फ्रान्सेसकोले आफ्नो टोलीले सोचे अनुरुप खेल्न नसकेको स्वीकारे पनि रेफ्रीले रोमा प्रति अन्याय गरेको गुनासो गरेका छन् । रेफ्रीले सहि निर्णय दिएको भए खेलको नतिजा अर्कै हुने दाबी गर्दै उनले रेफ्रीले रोमालाई दुईवटा पेनाल्टी नदिएको बताएका छन् ।

अब यो नतिजाबाट आफ्नो पक्षमा पार्न धेरै गाह्रो हुनेछ, तर रेफ्रीले बार्सिलोनालाई मद्दत नगरेको भने हामीलाई सहज हुने थियो । हामीले धेरै गल्ती गर्दै दुई आत्मघाती गोल दियौं, उनले भने, बार्सिलोना जस्तो टोलीसँग यस्तो गल्ती स्वीकार्य हुँदैन, तर रेफ्रीको नतिजा निष्पक्ष भएको भए स्कोर अर्कै हुने थियो ।

प्रशिक्षक फान्सेसकोले सेमेडोले जेकोलाई गरेको ट्याकल क्लियर पेनाल्टी थियो रहेको उल्लेख गर्दै उम्तितीले लोरेन्जो पेलेग्रिनीलाई गरेको फाउल पनि पेनाल्टी बक्स भित्रै भएको बताए । उनले दोस्रो लेगमा बार्सिलोनालाई कडा चुनौति दिने उल्लेख गर्दै भने, घरेलु समर्थक सामू हामीले बार्सिलोनालाई कडा टक्कर दिनेछौं ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.