8 years ago
April 9, 2018
म्याड्रिड (एजेन्सी)– म्याड्रिड डर्बीमा क्रिस्टियानो रोनाल्डोलाई परिवर्तन गर्नुको पछाडिको कारण रियलका प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । एट्लेटिको म्याड्रिडसँग आइतबारको खेलमा जिदानले रोनाल्डोलाई दोस्रो हाफमा परिवर्तन गरेका थिए । जिदानले रोनाल्डोलाई केहि आराम चाहिएकोले परिवर्तन गरेको बताएका छन् ।
३३ वर्षे रोनाल्डोकै गोलमा रियलले खेलमा अग्रता लिएको थियो । यो सिजन ला लिगामा त्यो उनको २३ औं गोल थियो । उनलाई ६४ औं मिनेटमा जिदानले परिवर्तन गरेका थिए । रोनाल्डोलाई परिवर्तन गर्दा धेरैले आश्चार्य मानेका थिए । खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
युभेन्ट्सविरुद्धको च्याम्पिन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगलाई मध्यनजर गर्दै रोनाल्डोलाई परिवर्तन गरेको जिदानले स्वीकार गरेका छन् । जिदानले अन्य खेलाडीले पनि खेलमा परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताएका छन् ।
‘क्रिस्टियानो भनेको क्रिस्टियानो हुन् । उनी आफ्नो जीवनभर खेलाडी रहे । एउटा सिजनमा ५० गोल गर्छन् । उनले जति गरेका छन् जो कोहिले गर्न सक्दैनन्, उनले भने,‘ अरु खेलाडीले पनि गोल गर्न सक्छन्, पछिल्लो समय त्यो देखिएको पनि छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ । क्रिस्टियानो हामीसँग छन्, त्यो सुखद पक्ष हो ।’
रोनाल्डोलाई पनि आराम दिन जरुरी भएको जिदानले प्रष्ट पारेका छन् । ‘खाली उनलाई आराम दिइएको हो । हामीसँग धेरै खेल छन्,’ उनले भने,‘कहिले काही उनलाई पनि आरामको जरुरी पर्दछ । पछिल्ला दिन उनलाई त्यसको आवश्यक छ । उनीले हरेक दिन आराम महसुस गरिरहेका छन्, तपाई त्यो अनुभव गर्न सक्नुहुन्छ । ’
पछिल्लो खेलको बराबरीले रियल चौथो स्थानमा यथावत रहेको छ । शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि परेको रियलको ला लिगा जित्ने सम्भावना लगभग समाप्त भइसकेको छ । यो अवस्थामा रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]