default_image

8 years ago

April 9, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकप च्याम्पियन

129 views

0 Bookmark

विराटनगर– रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वर्षको सर्वाधिक टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बनेको हो । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको थियो ।

थ्री स्टारको जितमा विमल घर्ती मगरले २ र अर्को गोल अनन्त तामाङले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५६ औं मिनेटमा थ्री स्टारले गोलको खाता खोलेको थियो । रजिन धिमालको कर्नरमा अनन्तले हेडमार्फत उत्कृट गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७६ औं मिनेटमा विमलले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–० को अवस्थामा पुग्यो ।

आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र विदेशी खेलाडी मार्टिनलाई तानेर लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा विमलाले अर्को गोल थपेपछि खेलमा फर्कने आर्मीको सम्भावना टुंगिएको थियो । पेनाल्टी नजिकैबाट उनले गरेको सिधा प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुको हातमा ठोक्किएर बलले जाली चुम्यो ।

खेललाई पूरै नियन्त्रणमा लिएको थ्रीस्टारले गोल गर्नका लागि पाएका अरु आधा दर्जन अवसरको सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार बाहिरिएपछि आर्मीले खेलमा लय गुमायो ।

त्यस लगत्तै आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठले थ्रीस्टारका खेलाडीलाई विट गर्दै गरेको प्रहारमा गोलकिपर एलन बाधक बन्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ७५ औं मिनेटमा नवयुगको प्रहारलाई सुमन अर्यालले उत्कृष्ट हेडिङ गरे पनि गोलकिपर एलन ‘क्लियर’ गरिदिंदा आर्मीले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो । घरेलु मैदान आर्मीका कप्तान भरतका लागि अफापसिद्ध भयो । नवयुगको प्रदर्शन पनि सन्तोशजनक रहेन ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए । ‘सुरुदेखिनै थ्रीस्टारले प्रेसर दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राईकरलााई बल ‘सप्लाई’ राम्रोसंग गर्न सकेनन् ।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आत्मावल नगिराईकन र विपक्षीलाई प्रेसर दिएर खेल्दा नजिता आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए ।

यी दुई टिमबीच सिजनमा विराट गोल्डकप चौथो भेट थियो । चौथो भेटमा एकअर्कामा बराबरी जित हारको अवस्था रहयो । यस अघि खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले आर्मीले थ्रीस्टारलाई स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भयो ।

सिजनको अन्त्य हुँदा थ्रीस्टारले विराट गोल्डकपसंगै पाँचवटा उपाधि हात पारेको छ । यसले इटहरीको मदन भण्डारी, धरानको बुढासुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि यस अघि नै जितिसकेको छ । आर्मीले यस अघि विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन भम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ ।

गोल्डकप विजेता टिम थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेता आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा प्राप्त गर्यो । फाइनल खेलको म्यानअफ दी म्याच थ्रीस्टारका मार्टिनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए ।

उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवास, रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगर (४ गोल) ले पनि २५ हजार पाए । विजयी टिम तथा उत्कृष्ट खेलाडी, टिम, प्रशिक्षक र व्यवस्थापकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार लगायतले पुरस्कार वितरण गरे ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.