8 years ago
April 10, 2018
म्यानचेस्टर (एजेन्सी) – युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ ।
म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार खेलाडी सर्जियो अगुएरो सुरुवाती ११ मा फर्किँदै छन् । घरेलु लिगमा अर्का महत्त्वपूर्ण खेलाडी केभिन डे ब्रुयनले विश्राम पाएका थिए । यस खेलमा मिडफिल्डमा उनको भूमिका महत्त्वपूर्ण हुने छ । मुख्य डिफेन्समा निकोलास ओटामेन्डीलाई भिन्सेन्ट कम्पनी वा जोन स्टोन्सले साथ दिनेछन् ।
लिभरपुलको मिडफिल्ड भने केही कमजोर देखिएको छ । एम्रे च्याम र जोर्डन हेन्डर्सन घाइते भएकाले जर्जिनिओ वाइनाल्डमले मिडफिल्डमा जेम्स मिल्नर र एलेक्स-अक्स्लेड चेम्बरलेनले साथ दिनेछन् । एभर्टन विरुद्ध विश्राम पाएका मोहम्मद सालाह र रोबर्टो फिर्मिनो पनि टोलीमा फर्किने पक्का छ । सालाह भने सामान्य घाइते पनि रहेका छन् ।
म्यानचेस्टर सिटी प्रिमियर लिगको अग्रस्थानमा रहेको छ भने लिभरपुल तेस्रो स्थानमा रहेको छ । दुवै टोलीले लिगमा आफ्ना केही खेलाडीलाई यस खेलको तयारीका लागि विश्राम दिएका थिए । लिभरपुलले आफ्नो अघिल्लो खेलमा एभर्टन विरुद्ध गोलरहित बराबरी खेलेको थियो भने सिटी चिरपरिचित प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेड विरुद्ध ३-२ ले पराजित हुन पुगेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]