8 years ago
April 10, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले १९ वर्षीय ब्राजिलियन फरवार्ड रोमन डी अराउजोलाई अनुबन्ध गर्ने पक्का भएको छ। ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलले १९ वर्षीय फरवार्डलाई खरिद गर्ने पक्का भएको हो।
अराउजो आउँदो सिजनबाट रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाबाट खेल्ने छन्। यहि सोमबार उनको रियलमा मेडिकल टेस्ट हुने स्पेनिस मिडिया मार्साले जनाएको छ। उनलाई २०१९ सम्म रियलले लोनमा राख्ने र पछि ५ मिलियन युरोमा खरिद गर्ने मार्साले जनाएको छ।
अराउजो ब्राजिलको यू-१७ टोलीबाट दुइ खेल खेलेका छन्। यसअघि ब्राजिलका फुल ब्याक मार्सेलो पनि फ्लुमिनेन्सबाट रियल म्याड्रिडसँग आबद्ध भएका थिए।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]