8 years ago
April 11, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा रोमाले बार्सिलोनालाई पछि पारेको हो। रोमाले बार्सिलोनाको घरेलु मैदानमा १ गोल गर्दा बार्सिलोनाले भने रोममा कुनै गोल गर्न नसकेपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने पक्का भएको हो।
रोमाका सेन्टर ब्याक कोस्टाभ मानोलासले ८२ औं मिनेटमा निर्णायक गोल गर्दै सेमिफाइनलमा स्थान पक्का बनाए। त्यसअघि इडेन जेकोले छैटौं मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा ५८ औं मिनेटमा द्यानिली डी रोस्सीले पेनाल्टी मार्फत गोल गर्दै रोमाको पुनरागमनको आधार बनाएका थिए। बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले जेकोलाई फौल गरेपछि रोमाले पेनाल्टी पाएको थियो।
रोमाबिरुद्ध बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल फर्काउन नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । अन्य खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो। पहिलो लेगमा ३-० को अग्रता बनाएको लिभरपुलले समग्रमा ५-१ को जित हासिल गर्यो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]