default_image

8 years ago

April 11, 2018

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा, सिटी बाहिरियो

141 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– च्याम्पियन्स लिग सेमिफाइनलमा यसपटक प्रिमियर लिगबाट लिभरपुलले प्रतिनिधित्व गर्ने भएको छ । गए राती अर्को प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा २–१ ले हराएसँगै समग्रमा ५–१ को अग्रतासहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो ।

लिभरपुल दस बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । यसअघि टोली सन् २००७/०८ को सिजनमा अन्तिम चारमा पुगेको थियो । म्यानचेस्टर सिटीको मैदानमा भएको दोस्रो लेगमा १–० ले पछि परेको खेल लिभरपुलले उल्टाएको थियो । मोहमद सलाहको बराबरी र रोबर्टो फिर्मिन्होले अर्को गोल गरेका थिए ।

दोस्रो मिनेटमै गाब्रियल जिससको गोलमा सिटीले अग्रता लिएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुलले सिटीलाई ३ – ० ले हराएको थियो ।खेलको ५६ औं मिनेटमा लिभरपुलका सलाहले गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थिए । खेल सकिन १३ मिनेट बाँकी रहँदा फिर्मिन्होले गोल गरेका थिए ।

अर्को खेलमा बार्सिलोनालाई दोस्रो लेगमा ३–० ले हराएपछि समग्रमा ४–४ को बराबरीपछि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुगेको छ । यसअघि पहिलो लेगमा घरेलु मैदानमा बार्सिलोनाले युभेन्ट्सलाई ४–१ ले हराएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.