8 years ago
April 11, 2018
रोम (एजेन्सी)– बार्सिलोनाका कप्तान एवंम् माहान खेलाडी आन्द्रे इनियस्टाले रोमासँग गए राती भएको खेल आफ्नो खेल जीवनको अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् ।
क्वार्टरफाइनलको पहिलो लेगमा ४–१ जित हासिल गरेपनि गएराती ३–० ले खेल गुमाएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । समग्रमा ४–४ को बराबरी भएपनि अवे गोलका आधारमा रोमा अन्तिम चारमा पुगेको थियो । घरेलु मैदानमा रोमाले इडिन जेको, डानिले डी रोसी र कोसतास मानोलासको गोलमा जित निकाल्दा बार्सिलोना निरिह बनेको थियो ।
रोमासँगको खेलमा इनियस्टाले सुरुआत गरेपनि खासै प्रभाव जनाउन सकेनन् । मानोलासले गोल गर्नुअघि उनलाई परिवर्तन गरिएको थियो । भेट्रान मिडफिल्डर चीन जाने सम्भावना रहेको स्वीकार्दै बार्सिलोनाको प्रदर्शन कमजोर रहेको बताए । सानो उमेर देखि नै बार्सिलोनमा रहेका उनले त्यसलाई अन्तिम युरोपियन खेल हुन सक्ने बताए ।
‘हामीले खेलमा लय पक्रन सकेनौं । प्रतियोगिताबाट बाहिरिनुपर्दा सबै निराश भएका छौं । खेल निकै कठिन थियो,’ अन्तिम खेल हो भन्ने प्रश्नमा ३३ बर्षे उनले भने, ‘त्यो सम्भावना छ । त्यसैले पनि यो कठिन रह्यो । यो अवस्था सबैका लागि कठिन रहन्छ । प्रतियोगितालाई लिएर हामी निकै उत्साहित थियौं, फेरि एकपटक हामी असफल भएका छौं ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]