8 years ago
April 11, 2018
रोम (एजेन्सी)– एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो ।
टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र स्पेनिस मिडफिल्डर आन्द्रे इनियस्टाले च्याम्पियन्स लिगमा १ सय खेल सँगै खेल्ने कीर्तिमान बनाएका छन् ।
कुनै पनि खेलाडीको जोडीले च्याम्पियन्स लिगमा सँगै सय खेल सँगै खेलको यो पहिलो पटक हो । यसअघि बार्सिलोनाकै कार्लो पुयोल र जाभी हर्नान्डेजले च्याम्पियन्स लिगमा ९६ खेल सँगै खेलेका थिए । मेस्सी र इनियस्टा बीचको यो कोशेढुंगा आफैमा विशेष हुनेछ ।
इनियस्टाले त्यो च्याम्पियन्स लिगको अन्तिम खेल हुन सक्ने बताएका छन् । उनी अर्को सिजन चीनको क्लबमा आबद्ध हुने सम्भावना रहेको बताइएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]