8 years ago
April 11, 2018
म्याड्रिड (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड र साविकको उपविजेता इटालियन क्लब युभेन्टस् भिड्दैछन् ।
खेल राति १२ः३० बजेपछि रियाल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुदैछ । युभेन्टस्को घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले ३–० को सहज जित निकालेको थियो । अवे मैदानमै ३–० को सहज जित निकालेको रियाल घरेलु मैदानमा पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा मैदान उत्रनेछ । रियाललाई पहिलो लेगमा दुई गोलसहित एक गोलको लागि अवसर सिर्जना गरिदिएका सुपरस्टार क्रिष्टियानो रोनाल्डोको साथ छ ।
रोनाल्डोले युभेन्टसविरुद्ध पहिलो लेगमा बाइसाइकल किकमार्फत गरेको दर्शनीय गोल साताभरिनै चर्चित भएको थियो । च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्दै आइरहेको रोनाल्डोले लगातार १० खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका थिए । यसबाहेक रियलसँग ग्यारेथ बेल र करिम वेन्जेमा जस्ता स्टार खेलाडीको साथ छ । यस खेलमा पनि जित हात पार्दै रियाल सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । रियाललाई कप्तान सर्जियो रामोसको साथ हुनेछैन । रामोस दोहोरो पहेँलो कार्डको कारण प्रतिबन्धमा छन् ।
यता, युभेन्टस् घरेलु मैदानमा बेहोरेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । युभेन्टस् रियालको अग्रपङ्तिको खेलाडीलाई रोक्दै गोल गर्ने अभियानमा हुनेछ । तर, रियालविरुद्धको खेल सोचेजस्तो सहज भने हुनेछै । युभेन्टस्लाई फाइनलमा प्रवेश गर्न रियाललाई ४–० को स्पष्ट नतिजामा पराजित गर्नुपर्ने हुन्छ । जुन असम्भव जस्तै छ । तर, बुधबार राति अर्काे इटालियन क्लब एएस रोमाले बार्सिलोनाको ४–१ को अग्रता उल्ट्याएर सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
युभेन्टस्सँग गोनजलो हिग्विन, जियानलुजी बुफोन, जर्जियो चिलियानी, एलेक्स सान्ड्रो र सामी खेडिराको साथ रहँदा पाउलो डिब्यालाको साथ भने गुमाउनेछ । डिब्यालाले रियालविरुद्धको खेलमा रातो कार्ड पाएका थिए
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]