8 years ago
April 11, 2018
म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दैछन् । खेल म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा राति १२ः३० बजे सुरु हुनेछ ।
पहिलो लेगमा म्युनिखले २–१ को जित निकालेको थियो । घरेलु लिगको उपाधि जितिसकेको म्युनिख दोस्रो लेगमा पनि सेभिल्लालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । बायर्नलाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । घरेलु मैदानमा १–० पराजित भएपनि म्युनिख सेमिफाइनलमा प्रवेश गर्नेछ ।
म्युनिखसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, आर्टुरो भिडालजस्ता स्तरीय खेलाडीको साथ छ । उनीहरुलाई रोक्न सेभिल्लालाई कठिन हुने देखिन्छ । सेभिल्लालाई सेमिफाइनल प्रवेश गर्न म्युनिखविरुद्ध २–० को स्पष्ट जितको खाचो छ । जुन, म्युनिखको घरेलु मैदानमा असम्भव जस्तै देखिन्छ । पहिलो लेगमा सेभिल्लाले घरेलु मैदानमा अग्रता लिएर पनि नतिजा म्युनिखलाई सुम्पिएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]