8 years ago
April 12, 2018
म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै रियललाई रोमाञ्चक ढंगले अन्तिम ४ पुर्याए ।
पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो । मारियो मान्डजुकिचले खेलको दोस्रो तथा ३७ औं मिनेटमा हेडिङ गोलहरु गर्दै टोलीलाई पुनरागमन नजिक लगेका थिए । खेलको ६० औं मिनेटमा ब्लेज माटुइडीले रियलका गोलकिपरको गल्तीको सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।
पहिलो लेग रियलले ३-० ले नै जितेकाले युभेन्टस र रियल समग्रमा बराबरीको अवस्थामा थिए । तर इन्जुरी समयमा लुकास भाजक्वेजले पेनाल्टी जित्न सफल भए । सो निर्णयबाट असन्तोष जियान्लुइजी बुफ्फोनले आफ्नो आक्रोश रेफ्रीलाई पोख्दा उनले रातो कार्ड पाउन पुगे ।
खेलको अन्तिम समयमा रोनाल्डोको पेनाल्टी रोक्न वोजियाक सेज्नी मैदानमा उत्रे पनि रोनाल्डोको बलियो प्रहार जाली चुम्न सफल रह्यो । यससँगै रियलले अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।
त्यसैगरी अर्को क्वाटरफाइनल खेलमा बायर्न र सेभिया गोलरहित बराबरीमा रोकिए । समग्रमा बायर्न २-१ ले विजयी भएको हो । यसअघि एस रोमा र लिभरपुलले अन्तिम ४ मा आफ्नो स्थान बनाइसकेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]