8 years ago
April 12, 2018
किभ (युइएफए)– युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलमा अलग चार राष्ट्रका क्लबले स्थान सुरक्षित गरेका छन् । इङ्लिस क्लब लिभरपुल, इटालियन रोमा, स्पेनिस रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिखले यसपटक अन्तिम चारको यात्रा तय गरेका छन् ।
क्वार्टरफाइनलमा लिभरपुल अर्को प्रिमियर टोली म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम ४ मा पुग्न सफल भएको हो भने रोमा बार्सिलोनालाई, रियल युभेन्टसलाई र बायर्न सेभिल्लालाई हराउँदै अघि बढेका हुन् ।
च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्ने यी टोलीले यो सिजन गरेको प्रदर्शन यस्तो छ ।
रियल म्याड्रिड (स्पेन)
युइएफए वरियता – १
यो सिजन -१० खेल, ७ जित, १ बराबरी, २ हार
शीर्ष गोलकर्तास्क्रि-स्टियानो रोनाल्डो, १५ गोल
अघिल्लो सेमिफाइनलस- २०१६/१७, एट्लेटिको म्याड्रिड विरुद्ध ४-२ को जित
युरोपियन कप सेमिफाइनलको रेकर्ड -१५ जित, १३ हार
युरोपियन कपमा उत्कृष्ट नतिजा-१२ पटक विजेता, पछिल्लो उपाधि सन् २०१७
बायर्न म्युनिख (जर्मनी)
युइएफए वरियता – ३
यो सिजन – १० खेल, ८ जित, १ बराबरी, १ हार
शीर्ष गोलकर्ता– रोबर्ट लेवानडोस्की, ५ गोल
अघिल्लो सेमिफाइनल– २०१५/१६, एट्लेटिको म्याड्रिड विरुद्ध २–२, अवे गोलका आधारमा हार
युरोपियन कप सेमिफाइनलको रेकर्ड -१० जित, ८ हार
युरोपियन कपमा उत्कृष्ट नतिजा– ५ पटक विजेता, पछिल्लो उपाधि सन् २०१३
रोमा (इटाली)
युइएफए वरियता – २३
यो सिजन -१० खेल, ५ जित, २ बराबरी, ३ हार
शीर्ष गोलकर्ता– इडेन जेको, ६ गोल
अघिल्लो सेमिफाइनल-१९८३/८४, डुन्डी युनाइटेड विरुद्ध ३–२ को जित
युरोपियन कप सेमिफाइनलको रेकर्ड – १ जित, ० हार
युरोपियन कपमा उत्कृष्ट नतिजा -सेमिफाइनल १९८३/८४
लिभरपुल (इङ्ल्याण्ड)
युइएफए वरियता – २५
यो सिजन – १० खेल, ६ जित, ४ बराबरी, ० हार
शीर्ष गोलकर्ता – रोबर्टो फर्मिनो, मोहम्मद सालाह , ८ गोल
अघिल्लो सेमिफाइनल – २००७/०८, चेल्सी विरुद्ध ४–३ को हार
युरोपियन कप सेमिफाइनलको रेकर्ड – ७ जित, २ हार
युरोपियन कपमा उत्कृष्ट नतिजा-५ पटक विजेता, पछिल्लो उपाधि सन् २००५
सेमिफाइनलसम्म यस सिजनको केही तथ्यहरू:
१. लिभरपुल मात्र यो सिजन कुनै खेलमा पनि पराजित भएको छैन । लिभरपुलको १० खेलमा ६ जित र ४ बराबरी छ ।
२. १५ गोलसहित रियलका क्रिस्टियानो रोनाल्डो यो सिजनका सर्वाधिक गोलकताए हुन् ।
३. यो सिजनसबै भन्दा धेरै गोल गर्ने टोली लिभरपुल हो । लिभरपुलले १० खेलमा ३३ गोल गरेको छ ।
४. सेमिफाइनलमा पुगेका टोलीमध्ये लिभरपुलले सबै भन्दा थोरै गोल खाएको छ । लिभरपुलले ७ गोलको सामना गर्दा बायर्नले ८ तथा रियल र रोमाले समान १२ गोल खाएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]