default_image

8 years ago

April 12, 2018

‘पेनाल्टीमा गरिएको प्रतिवाद बुझ्न सकिन’–रोनाल्डो

161 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो खेलमा युभेन्ट्सका खेलाडीले पेनाल्टीको प्रतिवाद गरेको आफुले नबुझेको रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले बताएका छन् । इन्जुरी समयको तेस्रो मिनेटमा लुकासलाई पेनाल्टी बक्समा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

जसको चर्को प्रतिवाद गरेका कारण युभेन्ट्सका गोलकिपर जियालुजी बुफोनले रातो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो । त्यो पेनाल्टीमा रोनाल्डोले विना कुनै गल्ति गोल गरे । जसका कारण रियल लगातार आठौं पटक च्याम्पियन्स लिग सेमिफाइनलको यात्रा तय गरेको छ ।

३–० ले पछि परेको खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गरेपछि रियल अन्तिम चारमा पुगेको थियो । पहिलो लेगमा ३–० को जित हासिल गरेको रियल बुधबार रातीको खेलमा भने ३–० ले पछि परेको थियो । मारियो मान्डजुकिको २ र ब्लासिया मातुदीको गोलमा युभेन्ट्सले ३–० को अग्रता बनाएपछि समग्रमा खेलमा ३–३ को बराबरीमा पुगेको थियो । त्यस्तो अवस्थामा रियलले पाएको पनाल्टीमा गोल गरेपछि युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डोले पेनाल्टी दिनुलाई सहि निर्णय भएको बताएका छन् । ‘किन त्यो पेनाल्टीमा प्रतिवाद गरियो मैले बुझ्न सकेको छैन । यदि त्यो फाउल हुन्थेन भने लुकासले गोल गर्थे । उनलाई पछाडिबाट हानिएको छ,’ स्पेनिस टेलिभिजनलाई दिएको अन्तवार्तामा रोनाल्डोले भने,‘ बेनाटिया र अन्य खेलाडीले हामीलाई पटक पटक पछाडीबाट हानेका थिए । त्यो उनीहरुको खेल हो । हामी सेमिफाइनल पुगेका छौं र त्यसमा खुसी छौं ।’

यो सिजन ला लिगा उपाधि जित्ने सम्भावना लगभव समाप्त भएपछि रियलले च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न आफुलाई केन्द्रित गरेको छ । रियललाई उपाधिको मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.