8 years ago
April 13, 2018
म्याड्रिड (एजेन्सी) –युभेन्टसविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगेमा बुधबार इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले रियल म्याड्रिडको सेमिफाइनलमा स्थान पक्का गराएका थिए । समग्रमा ३-३ को बराबरीको अवस्थामा रियलले पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले टोलीलाई अघि बढाएका थिए । 
क्वार्टरफाइनलका दुवै लेगमा गरि युभेन्टसविरुद्ध ३ गोल गर्दै रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा पछि पारेका छन् ।त्यो पेनाल्टी गोलसँगै युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा रोनाल्डोले १० औं गोल गरेका छन् ।
रोनाल्डो च्याम्पियन्स लिगमा कुनै एक प्रतिद्वन्दी क्लबविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि त्यो कीर्तिमान रोनाल्डो र मेस्सीबीच बाढिएको थियो । युभेन्टसविरुद्ध पहिलो लेगमा २ गोल गर्दै रोनाल्डोले मेस्सीको कीर्तिमान बराबरी गरेका थिए। मेस्सीले च्याम्पियन्स लिगमा आर्सनलविरुद्ध ९ गोल गरेका छन् ।
यो सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । युभेन्टसविरुद्ध दोस्रो लेगमा पनि गोल गरेपनि च्याम्पियन्स लिगका ११ खेलमा उनले लगातार गोल गरेका छन् । त्यो पनि आफैंमा अर्को कीर्तिमान हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]