8 years ago
April 13, 2018
मस्को (एजेन्सी) – युरोपा लिगमा गए राति इंग्लिस टोली आर्सनलले सिएसकेए मस्कोलाई क्वाटरफाइनलको दोस्रो लेगमा २-२ ले रोक्दै समग्रमा ६-३ को जित हात पार्न सफल भयो । यस जितसाथै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
खेलको ५० औं मिनेटमा मस्कोले २-० को अग्रता लिएको थियो । पहिलो लेग आर्सनलले ४-१ ले जितेकाले थप एक गोल गर्दा घरेलु टोली सेमिफाइनल प्रवेश गर्न सफल हुने थियो । तर ड्यानी वेलबेक र आरोन राम्जीको गोलमा आर्सनलले अन्तिम ४ को स्थान सुनिश्चित गरेको हो ।
त्यस्तै प्रतियोगिताको दाबेदार मानिएको अर्को टोली एट्लेटिको म्याड्रिड पनि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । पहिलो लेगमा २-० ले जित हात पारेको एट्लेटिकोले गए रातिको १-० को हार वापत समग्रमा २-१ को जितसँगै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै फ्रान्सेली टोली मार्से र अष्ट्रियन टोली रेड बुल साल्जबर्ग पनि समिफाइनलमा पुग्न सफल रहे । पहिलो लेगमा ४-२ ले पराजित भएको रेड बुलले दोस्रो लेगमा लाजियोलाई ४-१ ले हराउँदै नतिजा उल्टाउन सफल रह्यो । अर्को तर्फ आरबी लेपजिगसँग १-० ले पछि परेको मार्सेले गए राति ५-२ को जित हात पार्दै समग्रमा ५-३ ले विजयी भयो ।
युरोपा लिग सेमिफाइनलमा पुग्न सफल ४ टोली यस प्रकारका रहेका छन्:
आर्सनल (इंग्ल्यान्ड)
एट्लेटिको म्याड्रिड (स्पेन)
मार्से (फ्रान्स)
रेड बुल साल्जबर्ग (अष्ट्रिया)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]