8 years ago
April 30, 2018
मिलान (एजेन्सी) – एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीका छोरा जिओभानी सिमिओनीले ह्याट्रिक प्रहार गरेसँगै आइतबर इटालियन लिगको खेलमा नेपोलीलाई फिओरेन्टीनाले ३-० ले हराएको छ ।

शीर्षस्थानको युभेन्टसलाई उपाधिमाथि दबाब दिन खेल जित्नैपर्ने स्थितिमा रहेको नेपोलीको पराजयसँगै उपाधि सम्भावना निकै कम भएको छ । खेलको आठौँ मिनेटमा डिफेन्डर कालिडु कौलिबालीले रातो कार्ड खाएपछि नेपोली दश खेलाडीमा सिमित भएको थियो । खेलको ३४ औं मिनेटमा पहिलो गोल गरेका सिमिओनीले ४३ औं र ६२ औं मिनेटमा गोल गर्दै फिओरेन्टीनाको जित पक्का गरेका थिए ।

२२ वर्षीय सिमिओनीको ह्याट्रिकसँगै फिओरेन्टीनाले पछिल्लो चार खेलमा पहिलो जित पायो । पराजित नेपोली भने यस हारसँगै युभेन्टसभन्दा ४ अंकले पछाडी पारेको छ । तीन खेल बाँकी रहँदा नेपालीले उपाधि जित्न अब युभेन्ट्सले कम्तिमा दुई खेलमा अंक गुमाउनुपर्ने हुन्छ ।
शनिबार इन्टर मिलानविरुद्ध अन्तिम तीन मिनेटमा दुई गोल गर्दै जित हात पारेको युभेन्टसले लगातार लिग उपाधि पक्का गर्ने सम्भावना बलियो भएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]