8 years ago
April 30, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले मिडफिल्डर माराउने फेलानीसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका छन् । यो सिजनको अन्त्यमा फेलानीको सम्झौता सकिदैछ ।
प्रिमियर लिगमा आइतबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै उनले गोल गरेपछि युनाइटेडले आर्सनललाई २–१ ले हराएको थियो । खेलपछि माउरिन्होले एभर्टनका पूर्व स्टारसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका थिए ।
‘करिव करिव तय भइसकेको छ । तर, फुटबलमा करिवमात्र पक्का हुदैछ । मलाई लाग्छ अन्तिम चरणमा छौं । तर म त्यतिमा खुसी मनाउनेमा छैन,’ उनले भने, ‘म कागजमा सम्झौता भएको हेर्न चाहन्छु । जसमा फेलानी र एड उडवार्डको दस्तखत हुनुपर्छ ।’
आर्सनललाई हराएसँगै युनाइटेड प्रिमियर लिगमा कम्तीमा शीर्ष ४ मा रहने पक्का भएको छ । त्यसको अर्थ टोली अर्को वर्षको च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।
सन् २०१३ मा युनाइटेडमा आबद्ध भएयता फेलानीले उच्च प्रदर्शन गर्न सकेका छैनन् । यद्दपी माउरिन्होले भने उनीमाथि विश्वास देखाइरहेका छन् । चोट कारण यो सिजन उनी यो सिजन ४ खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]