8 years ago
April 30, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना स्टार लियोन मेस्सीले अन्य कुनै पनि क्लब भन्दा आफ्नो टोली सुरुवातबाटै ला लिगा जितको जितको हकदार रहेको बताएका छन् । बार्सिलोनाले डिर्पोटटिभो ला कुरुनालाई आइतबार ४–२ ले हराउँदा मेस्सीले ह्याट्रिक गरेका थिए ।
सिजभर उच्च प्रदर्शन गरको बार्सिलोना यो सिजन कुनै खेल नगुमाउँदै ला लिगा च्याम्पियन बनेको छ । तर, एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडले भने ला लिगामा यो सिजन एकरुपताको प्रदर्शन गर्न सकेनन् । मेस्सीले सिजभर आफ्नो टोलीले स्तरीय प्रदर्शन गरेको बताए ।
‘अन्य टोलीले भन्दा हामीले सुरुवातबाट निकै स्तरीय प्रदर्शन गर्यो । हामीले ला लिगाका कुनै खेल हारेनौं,’ उनले भने, ‘एउटा कोपा डेल रेमा र दुर्भाग्यवश च्याम्पियन्स लिगमा पराजित भयौं । ती अपेक्षा विपरित थिए । यहाँ सम्म उच्च प्रदर्शन गरेर आइपुग्नु आफैमा कठिन छ ।’
क्लबका महान खेलाडी आन्द्रे इनियस्टाले पनि बार्सिलोनाको आफ्नो अन्तिम सिजन २ उपाधिका साथ टुंगाउने भएका छन् । च्याम्पियन्स लिगको हारले नै इनियस्टा क्लब छोड्ने मनस्थितिमा पुगेको हुन सक्ने अनुमान गरिएको छ । तर पनि ला लिगा र कप जित्नुपनि पनि इनियस्टाका लागि राम्रो विदाई भएको मेस्सीले बताए ।
‘च्याम्पियन्स लिगको पराजयमा हामीलाई पक्कै दुःख लागेको छ । त्यो साच्चै दुःखदायी थियो,’ मेस्सीले भने, ‘त्यसका वावजुद हाम्रो सिजन राम्रो रह्यो । दुईवटा उपाधिको भन्दा हामी बढीको हकदार थियौं । इनियस्टाले क्लबका लागि सबै दिए । हामी उनको खुसद भविष्यको कामना गर्दछौं ।’
आइतबारको गोलसँगै ला लिगामा यो सिजन मेस्सीको ३२ गोल पुगेको छ । लगातार सात सिजन ला लिगमा ३० गोल वा त्यो भन्दा बढी गोल गर्ने उनी मेस्सी एक्लो खेलाडी बनेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]