8 years ago
May 1, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटेनह्याम हटस्परले वाट्फर्डलाई २-० ले हराएको छ। स्पर्सको जितमा ह्यारी केन र डेले अलिले गोल गरे।
टोटेनह्यामले १८ औं मिनेटमा अलिको गोलसँगै अग्रता लिएको थियो। भ्रमणकारी टोलीका गोलकिपर ओरिस्टिस कार्नेजिसको कमजोरीको फाइदा उठाउँदै अलिले क्रिस्टियन एरिक्सनको पासमा करिब १२ यार्डबाट गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमा केनले गोल दिलाउँदै स्पर्सको अग्रता बलियो बनाए। स्पर्सका किपर ह्युगो लोरिसले एन्ड्रे ग्रे र रिचार्लिसनको प्रहार रोक्दै स्पर्सलाई क्लिन सिट सहितको जित दिलाए।
जितसँगै स्पर्स चौथो स्थानमा यथावत छ। तेस्रो स्थानको लिभरपुल भन्दा १ खेल कम खेलेको स्पर्सको १ अंक कम छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]