default_image

8 years ago

May 1, 2018

रियललाई च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाउने अवसर

85 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलमा मंगलबार राती बायर्न म्युनिखलाई दोस्रो लेगका लागि रियल म्याड्रिडले निम्त्याउँदैछ। बायर्नको घरेलु मैदानमा २-१ को अग्रता बनाएको रियललाई दोस्रो लेगमा उक्त अग्रतालाई कायम राख्दै च्याम्पियन्स लिग इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ। 

real madrid cl final

यस सिजन बायर्नलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउन सके रियलको यो लगातार तेस्रो सिजन फाइनलको यात्रा हुनेछ। यसअघिका दुई फाइनलमा उपाधि पनि रियलले नै जितेको हो। दुई पटक लगातार तीन सिजन फाइनल पुग्ने रियल पहिलो क्लब बन्नेछ। यसअघि १८५६, १८५७, १८५८, १८५९ र १८६० मा रियलले लगातार पाँच फाइनल खेलेको थियो।

त्यस्तै युभेन्टस, एसी मिलान, बायर्न म्युनिख, आयाक्स, बेन्फिकाले यसअघि लगातार तीन सिजन युरोपियन क्लबबीचको महाभिडन्तमा फाइनलको यात्रा तय गरेका छन्। तर कुनै क्लबले पनि दुई पटक यो उपलब्धि हासिल गरेको भने छैन।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.