default_image

8 years ago

May 1, 2018

लिभरपुलले बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्न सक्ने

89 views

0 Bookmark

रोम (एजेन्सी) – च्याम्पियन्स लिगमा लिभरपुललाई बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने अवसर छ। एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लबको रुपमा लिभरपुलले बार्सिलोनालाई पछि पार्ने सम्भावना छ।

liverpool vs barcelona

यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९/२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ खेल खेल्दै ४४ गोल गरिसकेको छ।

रोममा हुने दोस्रो लेगमा घरेलु टोली रोमाविरुद्ध ५-२ को अग्रता जोगाउने क्रममा लिभरपुलले बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्न सक्ने छ। लिभरपुलका लागि यो सिजन मोहम्मद सालाह तथा रोबर्टो फर्मिनोले १० र साडियो मानेले ८ गोल गरेका छन्।

क्वालिफायर्सको गोललाई पनि तथ्याङ्कमा समावेश गरिएको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.