default_image

8 years ago

May 1, 2018

बायर्न र रियल च्याम्पियन्स लिग सेमिफाइनलमा भिड्दै

107 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निम्त्याउँदै छ। पहिलो लेगमा रियलको २-१ को अग्रता छ।

robert-lewandowski-bayern-munich-real-madrid_1x9eilccjncv0173nzhmlkm53j

घरेलु मैदानमा पछि परेको बायर्न यस खेलमा पछिल्लो भेटका गल्ती सुधार्ने पक्षमा रहनेछ। खेल अघिको पत्रकार सम्मेलनमा बायर्नका प्रशिक्षक यप हायन्केसले भने, ‘ हामी पहिलो लेगको गल्तीलाई सुधार्दै खेल्नेछौं। यस खेलमा हामी पूर्ण रुपमा आक्रामक फुटबल देखाउने छौं। यो नै बायर्नले खेल्ने फुटबलको विशेषता हो। ‘

त्यस्तै रियलका प्रशिक्षक जिनेदिन जिदानले भने यस खेलमा रियल जितका लागि योग्य रहेको बताए, ‘हामीले सुरुआतमा अग्रता लिँदै खेललाई नियन्त्रणमा राख्ने प्रयास गर्नेछौं।  हामी जित्न योग्य रहेको प्रमाणित गर्नेछौं।’

रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध हुने छैनन्। दुवै खेलाडीहरुले पहिलो लेगमा चोट बोकेका थिए। त्यस्तै भ्रमणकारी टोली बायर्नका लागि पनि स्टार विंगर आर्जेन रबेनको अनुपस्थिति खड्कने सम्भावना छ।

खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.