8 years ago
May 1, 2018
रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ।
सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन।
क्लबसँग कुन खेलाडीले कति खेल समय पाएको र खेलाडी कस्तो स्तरको लिगमा खेल्दैछ, इत्यादी तथ्याङ्कको आधारमा तयार पारेको रिपोर्टले स्पेनलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको हो।
सिआईइएसको तथ्याङ्क अनुसार १ देखि १ सयकोबीचमा दिइएको रेटिङ्गमा स्पेनले १ सय अंक प्राप्त गरेको छ। त्यस्तै दोस्रो सम्भावना ब्राजिलको रहेको छ। ब्राजिलले ८९ अंक तथा फ्रान्सले ८४ अंक प्राप्त गरेको छ। त्यसपछि जर्मनीको ८२ र पाँचौ स्थानमा इङ्ल्याण्डको ७२ अंक छ। त्यस्तै मेस्सीको अर्जेन्टिना भने बेल्जियम पछि सातौँ स्थानमा छ।अर्जेन्टिनालाई सिआईइएसले ६९ अंक दिएको छ।
सोही रेटिङ्ग अनुसार विश्व कप जित्ने कम मौका भने पानामाको छ। पानामाको १२ अंक छ भने साउदी अरबियाको २१ र इरानको २३ अंक छ। पानामाको लिग कमजोर भएको कारण थोरै अंक प्राप्त गरेको अध्ययनमा लेखिएको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]