default_image

8 years ago

May 1, 2018

रियल म्याड्रिडविरुद्ध बायर्न म्युनिख – सुरुआती ११

116 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन् । बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको पहिलो खेलमा रियल २-१ ले विजयी भएको थियो ।

real vs bayern

रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध छैनन् । दुवै खेलाडीले पहिलो लेगमा चोट बोकेका थिए । त्यस्तै भ्रमणकारी टोली बायर्नका लागि पनि स्टार विंगर आर्जेन रोबेन र डिफेन्डर जेरोम बोटेङ पहिलो खेलमा बोकेको चोटका कारण मैदानबाहिरै रहनेछन् । दुवै टोलीले पहिलो रोजाईका दुई महत्त्वपूर्ण खेलाडी खेलाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । पछिल्लो खेलमा इस्कोको स्थानमा आएका एसेन्सियोले म्याड्रिडका लागि विजयी गोल गरेका थिए । यस्तै रोबेनको स्थान लिएका थियागोले पनि सन्तोषजनक प्रदर्शन गरे ।

आजको खेलमा रियलले गोलरक्षकमा केलर नाभासलाई उतारेको छ । राइट डिफेन्समा चोटग्रस्त कर्वाहालकोस्थान लुकास भाज्केजले लिनेछन् । लेफ्ट डिफेन्समा पहिलो लेगमा बराबरी गोल फर्काएका मार्सेलो तथा मध्यभागमा सर्जियो रामोस र राफेल भारानको जोडी हुनेछ । मिडफिल्डको जिम्मेवारी टोनी क्रुस, माटियो कोभाचिच र लुका मोड्रीचले सम्हाल्नेछन् ।

Bayern

जिदानले टोलीलाई ४-३-१-२ को समीकरणमा उतार्ने हुनाले आक्रामक मिडफिल्डमा एसेन्सियोले निरन्तरता पाउने सम्भावना छ । क्रिस्टियानो रोनाल्डोले आक्रमणमा गोल गर्ने जिम्मेवारी लिनेछन् । पहिलो लेगमा बेन्चमा सिमित रहेका करीम बेन्जेमाले यस खेलमा टोलीमा फर्केका छन् ।

चोटग्रस्त खेलाडीले भरिपूर्ण बायर्न ४-३-३ को समीकरणमा उत्रनेछ । विश्वकै उत्कृष्ट मध्यका गोलरक्षक म्यानुएल नोएर अझै म्याच फिट नभएकाले स्वेन अलरीचले गोलरक्षकमा निरन्तरता दिनेछन् । डिफेन्समा जोसुआ किमिच र डेबिड अलाबालाई निकलस सुल र म्याट्स हमल्सको सहयोग मिल्नेछ ।

मिडफिल्डमा जाभी मार्टिणेज र कोरेन्टीन टोलिसोलाई पूर्व रियल म्याड्रिड खेलाडी हामेस रोड्रीग्वेजले साथ दिनेछन् । आक्रमणमा रोबर्ट लेवानडोस्कीले अग्रपंक्ति सम्हाल्नेछन् । उनलाई विंगबाट थोमस मुलर र फ्रान्क रिबेरीको सहयोग मिल्नेछ ।

robert-lewandowski-bayern-munich-real-madrid_1x9eilccjncv0173nzhmlkm53j

घरेलु मैदानमा पराजित बायर्नले यस खेलमा पछिल्लो भेटका गल्ती सुधार्ने बायर्नका प्रशिक्षक यप हायन्केसले बताएका छन् । ‘ हामी पहिलो लेगको गल्तीलाई सुधार्दै खेल्नेछौं। यस खेलमा हामी पूर्ण रुपमा आक्रामक फुटबल देखाउने छौं। यो नै बायर्नले खेल्ने फुटबलको विशेषता हो,’ उनले भने । त्यस्तै रियलका प्रशिक्षक जिनेदिन जिदानले भने यस खेलमा रियल जितका लागि योग्य रहेको बताए, ‘हामीले सुरुआतमा अग्रता लिँदै खेललाई नियन्त्रणमा राख्ने प्रयास गर्नेछौं।  हामी जित्न योग्य रहेको प्रमाणित गर्नेछौं।’

खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.