default_image

8 years ago

May 2, 2018

रियल म्याड्रिड लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिनजिक

118 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – करीम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।

खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुअा किमिचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले ११ अौं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा बेन्जेमाले नै रियललाई अग्रता दिलाए । तर १५ मिनेटपछि बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले खेल २-२ को स्थितिमा ल्याए ।

बायर्नले अन्तिम २० मिनेट अाक्रमणमा खेलाडी थपेपनि केलर नाभासलाई गोल गर्न सकेन । गोल रक्षक नाभासले लगातार उत्कृष्ट बचाउ गर्दै रियललाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेले । पहिलो लेगमा २-१ को हार बेहोरेको बायर्न सेमिफाइनलबाट बाहिरियो । रियलले लगातार तेस्रो उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ । लिभरपुल पहिलो लेगमा ५-२ ले अगाडी छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.