default_image

8 years ago

May 2, 2018

‘रियलको जितको श्रेय नाभासलाई’

139 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखलाई घरेलु मैदानमा गए राती २–२ को बराबरीमा रौक्दै रियल म्याड्रिडले दुई लेगमा समग्र ४–३ को नतिजासहित च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित पारको छ ।  रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदै कीर्तिमान समेत रचेको छ । 

Keylor Navas

यसअघिका लगातार दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोलीको कीर्तिमान बनाएको थियो । यसपटकको फाइनल यात्रासँगै दुई पटक लगातार तीन सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो टोलीको कीर्तिमान पनि बनाएको छ ।

यसपटक रियललाई फाइनल पुर्याउनेमा गोलकिपर कलर नाभासको भूमिका महत्वपूर्ण रह्यो । बायर्नका प्रशिक्षक यप हायन्केसले रियलको जित गोलकिपर नाभासविना संभव नहुने बताएका छन् ।

खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘नाभासको उच्च प्रदर्शनकै कारण रियल फाइनलमा पुगेको हो । दुवै लेग हेर्ने हो भने हामी उत्कृष्ट टोली थियौं । त्यसैले फाइनल नपुग्दा सम्पूर्ण टोलीमा निराशा छ ।’

नाभासले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरे । उनले बायर्नको ८ वटा भन्दा बढी विफल पारेका थिए । प्रशिक्षक हायन्केसले चोटका कारण पनि बायर्नलाई असहज भएको बताए ।

‘पहिलो लेगमा खेलाडीहरुलाई चोटका कारण गुमायौं । ५ खेलाडी परिवर्तन गर्नुपर्यो,’ उनले थपे, ‘ हारको बहाना बनाएको हैन तर चोटले हामीलाई मुस्किल परेको हो ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.