default_image

8 years ago

May 2, 2018

च्याम्पियन्स लिग सेमिफाइनल – रोमाको घरेलु मैदानमा लिभरपुलले अग्रता जोगाउला ?

135 views

0 Bookmark

रोम (एजेन्सी) – बार्सिलोनाविरुद्ध क्वाटर फाइनलको दोस्रो लेगमा ४-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै रोमाले सेमिफाइनलमा स्थान बनाएको थियो। यसपटक पनि फाइनलमा स्थान बनाउन रोमाले घरेलु मैदानमा त्यस्तै नतिजा निकाल्नु पर्नेछ। 

Roma vs Liverpool

पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा रोमा ५-२ ले पछि पर्यो। खेलको पहिलो २० मिनेट नियन्त्रणमा राखेपनि ५-० ले पछि परेको अवस्थामा लिभरपुललाई २ गोल फर्काउँदै रोमाले सेमिफाइनलको रोमाञ्चलाई जीवित राखेको थियो।

लिभरपुललाई भने यस खेलमा बार्सिलोनाको १८ वर्ष पुर्यानो कीर्तिमान तोड्ने अवसर छ। यो सिजन प्रतियोगितामा ४४ गोल गर्दै सर्वाधिक गोल गर्ने टोलीको रुपमा स्थापित लिभरपुललाई एकै सिजनमा सर्वाधिक गोल गर्ने टोली बन्ने अवसर छ। यसअघि बार्सिलोनाले १९९९ /२००० मा ४५ गोल गरेको थियो।

रोमाका प्रशिक्षक डी फ्रान्सिस्कोले खेलमा पुनरागमन गर्न हरसंभव प्रयास गर्ने बताए। खेलअघिको पत्रकार सम्मेलनमा उनले भने, “हामीले सक्छौ भन्ने विश्वास लिएर खेल्नेछौं। घरेलु समर्थकसामु हामी अर्को जादुको प्रतीक्षामा छौं। “

त्यस्तै लिभरपुलका प्रशिक्ष यर्गन क्लप पनि खेल जित्नेमा सकारात्मक छन्, “हामी सपना साकार पार्ने लडाईमा छौं”, उनले भने, “हामी एक बलियो टोलीको सामना गर्दैछौं, त्यसैले हामीले साहसीपूर्ण खेल्न जरुरि छ।”

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.