8 years ago
May 3, 2018
रोम(एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ४-२ ले पराजित लिभरपुलले समग्रमा ७-६ को जित हासिल गर्दै च्याम्पियन्स लिग फाइनलमा स्थान बनायो।
साडियो माने र जोर्जिनियो वाईनाल्डमले लिभरपुलका लागि गोल गरे। यसअघि यस प्रतियोगितामा अपराजित लिभरपुलको यो पहिलो हार हो। तर हारको बाबजुत लिभरपुलले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएको छ। बार्सिलोनाको नाममा रहेको १८ वर्ष पहिलेको कीर्तिमानलाई लिभरपुलले भंग गरेको हो।
यस सिजनको सर्वाधिक गोल गर्ने टोली लिभरपुल च्याम्पियन्स लिग इतिहासमै एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बनेको छ। माने र वाईनाल्डमको गोलसँगै लिभरपुलले ४६औं गोल गर्दै कीर्तिमान राखेको हो। यसअघि सन् १९९९/२००० को सिजनमा बार्सिलोनाले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले भने १४ खेलमा कोशेढुंगा पार गरेको हो।
लिभरपुलका लागि यो सिजन मोहम्मद सालाह तथा रोबर्टो फर्मिनोले १० र साडियो मानेले ९ गोल गरेका छन्।
क्वालिफायर्सको गोललाई पनि तथ्याङ्कमा समावेश गरिएको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]