default_image

8 years ago

May 3, 2018

इब्राहिमोभिचलाई युनाइटेड र माउरिन्होको सम्झना

107 views

0 Bookmark

लस एन्जल्स (एजेन्सी)– मेजर सकर लिगमा पहिलो सिजनमा प्रभावशाली सुरुवात गरेका लस एन्जल्स ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेड र त्यसका प्रशिक्षक जोसे माउरिन्होलाई सम्झेका छन् । डेब्यूमै गोल गरेका इब्राहिमोभिचले ३ गोल गरिसकेका छन् ।

युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा टुंगाउँदै इब्राहिमोभिच अमेरिका पुगेका थिए । चोटका कारण लामो समय मैदान बाहिर रहेका इब्राहिमोभिचसँग युनाइटेडले पुनः एक वर्षको सम्झौता गरेको थियो । तर, त्यो सिजन भने उनी खासै जम्न सकेनन् ।

ट्वीटरमा भिडियो पोस्ट गर्दै इब्राहिमोभिचले भनेका छन्, ‘म यहाँ ठिक छु । सबै समर्थकलाई भन्नचाहन्छु , मैले सबैलाई मिस गरेको छु । ओल्र्ड ट्राफोडमा खेलेको र रातो जर्सीलाई सधै सम्झन्छु । त्यहाँका थ्रुपै सम्झना छन् ।’

उनले सन्देशमा अगाडि भनेका छन्, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई सधै साथ दिए । म टोलीका सहकर्मीप्रति अभारी छु, किनकी उनीहरुले मेरो सहजताका लागि सहयोग गरे ।’

इब्राहिमोभिचले माउरिन्होलाई सम्बोधन गर्दै भनेका छन्, प्रशिक्षक माउरिन्होलाई पनि एकदम सम्झना छ । जितका लागि के गर्नुपर्दछ उनलाई थाहा छ । यो कसैबाट लुकेको छैन ।बार्सिलोना, इन्टर मिलान, एसी मिलान, युभेन्ट्सका पूर्व स्टारले युनाइटेडको वर्षको उत्कृष्ट खेलाडीका लागि डेभिड डि जियालाई मत गरेका थिए ।

२०१६ /१७ को सिजनमा युनाइटेडका लागि इब्राहिमोभिचले ४४ खेलमा २८ गोल गरेका थिए । उनले भने, ‘गोलकपिर पनि प्लेयर अफ दी एयर बन्न सक्छन् । उनीको यो वर्ष उत्कृष्ट रह्यो । उनले उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । ‘

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.