8 years ago
May 3, 2018
लन्डन (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् ।

गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् । तर उनको प्रदर्शन भने हेर्नलायक थियो । समग्रमा ७-६ को जित दर्ता गर्दै लिभरपुलले उपाधि भिडन्तमा रियल म्याड्रिडको सामना गर्ने पक्का गर्यो । बार्सिलोनाका पूर्व खेलाडी प्याट्रिक क्लाइभर्टले सलाह विश्व फुटबल जगतका नयाँ मेस्सी भएको प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका लागि १ सय भन्दा बढी गोल गरेका क्लाइभर्टले ट्वीटरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले लेखेका छन्, ‘हामी सबैले मान्नुपर्छ कि सलाह नयाँ मेस्सी हुन् । अब उनले अहिलेको फर्मलाई प्रत्यक सिजन निरन्तरता दिनुपर्छ । उनले अहिले जे देखाईरहेका छन् त्यो नै फुटबलको सुन्दरता हो । अब हामी उनले मैदानमा के कस्तो प्रदर्शन गर्छन् हेरौं ।’

गत सिजन एएस रोमाबाट लिभरपुल आएका सलाहले क्लबका लागि उल्लेख्य प्रदर्शन गरिरहेका छन् । प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता रहेका सलाहले ३१ गोल गरेका छन् । उनलाई टोटेनहमका ह्यारी केनले ४ गोल कम गर्दै पछ्याईरहेका छन् । सलाहले यस सिजनको पीएफए प्लेयर अफ द इयर अवार्ड र प्रतिष्ठित एफडब्लुए फुटबलर अफ द इयरको अवार्ड पनि हात पारिसकेका छन् ।
लिगमा ३२ गोल गरेका लिओनेल मेस्सी युरोपको सर्वाधिक गोलकर्ता बन्ने होडमा सलाहसँग प्रतिस्पर्धामा छन् । सँगसँगै यस वर्षको ब्यालोन डी’ओर अवार्डमा पनि सलाहले मेस्सी र रोनाल्डोको वर्चस्वलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । पाँच पटक यो उपाधि हात पारेका मेस्सीले सन् २०१५ यता उपाधिविहिन रहँदै आएका छन् । रोनाल्डो र सलाह आगामी मे २६ मा हुने च्याम्पियन्स लिग फाइनलमा आमने सामने हुँदैछन् ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]